सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।
रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारलाई झकझक्याउने त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालको विश्वास विश्वास छ ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पिएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताएका छन् ।
डेढ दशकभन्दा बढी विभिन्न भूमिकामा पत्रकारिता अभ्यास गरेका कोइराला पत्रकारिता अध्यापनमा समेत संलग्न रहेका छन् ।