एभरेष्ट बैंकले गर्याे बम्पर लाभांश घाेषणा, कति नगद र कति बाेनस ?

Sep 04, 2025 05:42 PM MeroLagani



एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट २० प्रतिशतको बम्पर लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद  र ६ प्रतिशत बोनस सेयर दिनेछ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हाे । लाभांश घाेषणा गर्ने एभरेष्ट दाेस्राे वाणिज्य बैंक हाे।

 

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।