शेयर कारोबार बन्द गर्न नेपाल इन्भेष्टर्स फोरमको माग

Sep 09, 2025 10:44 AM Merolagani



देशको बदलिदो परिस्थितीलाई मध्यनजर गरेर शेयर बजारका लगानीकर्ताले शेयर कारोबार बन्द गर्न पर्ने माग गरेका छन् । नेपाल इन्भेष्टर फोरमले हालको अवस्था र प्रशासनको कर्फ्यु आदेश जारीको अवस्थालाई मध्येनजर गरेर शेयर कारोवार बन्द गर्न आग्रह गरेको हो ।

मुलुकको यस्तो विकराल परिस्थिती र अन्योलले लगानीकर्ता मानसिक दबाबमा रहेको फोरमले बताएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई यस्तो परिस्थितीको अन्त्य नभएसम्मका लागि कारोबार बन्दगर्न आग्रह गरेको हो । यदि लगानीकर्ताको मागको बेवास्ता गर्दै कारोबार सञ्चालन भएमा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष क्षतिको जिम्मेवार नेपाल सरकार, धितोपत्र बोर्ड र नेप्से हुने फोरमको चेतावनी छ । साथै, यस कार्यमा सहयोग गर्न सम्पूर्ण ब्रोकरलाई अनुरोध गरिएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।