जेनजी प्रदर्शन साम्य नभएसम्म ब्रोकर सेवा बन्द गर्ने स्टक ब्रोकर एशोसिएसनको निर्णय

Sep 09, 2025 11:54 AM Merolagani



स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जेनजी प्रदर्शनका कारण सिर्जित परिस्थिति साम्य नहुन्जेलसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कफ्यू आदेशले उपत्यकाका विभिन्न स्थानहरु छ । यस्तो परिस्थितीमा धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयसम्म पुगी सेवा सञ्चालन गर्ने परिस्थिति नभएको स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जनाएको छ ।

यस्तो अवस्थामा सरकारबाट तत्कालै सुरक्षाको प्रत्याभूति सहित सो प्रदर्शन र सोबाट सिर्जित परिस्थिति साम्य नहुन्जेले धतोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्न कठिन देखिएको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण नियामक निकाय, बजार सञ्चालक, राफसाफ निकाय तथा लगानीकर्ताहरुलाई एशोसिएसनले जानकारी गराएको छ ।

साथै, एशोसिएसनले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नौजवान युवाहरु प्रति स्टक भावपुर्ण श्रद्धान्जली अर्पण गरेको छ । ‘सो प्रदर्शनका क्रममा घाइते भई उपचाररत सबै युवा प्रदर्शनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार र अन्तरगतका प्रहरी तथा प्रशासनलाई प्रदर्शनका क्रममा संयमित भई प्रदर्शनकारीलाई ज्यान र सरकारी सम्पत्तिको सुरक्षाको प्रबन्ध मिलाउन समेत हार्दिक अपिल गर्दछ’ एशोसिएसनले भनेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।