बोयको उत्तराधिकारी बन्दै शुशिला कार्की, काममा पनि समानता आउला ?

Sep 12, 2025 12:21 PM mero lagani



अफ्रिकी देश सेनेगलसंग नेपालको धेरै कुरा मिल्दैन । तर, शुशिला कार्की प्रधानमन्त्री भएपछि भने कतिपय विषयमा गज्जबको संयोग मिल्दैछ ।

त्यो हो —न्यायाधीशबाट प्रधानमन्त्री बन्ने विश्वको पहिलो महिला सेनेगलकी मामे माडियोर बोय थिइन भने दोस्रो महिला कार्की बन्दैछन् । कार्की प्रधानन्यायाधिश नै बनेकी थिइन, प्रधान न्यायाधिशबाट प्रधानमन्त्री बन्ने उनी विश्वकै पहिलो महिला बनेकी छन् । बोय भने पुनरावेदन अदालतको अध्यक्ष वा प्रमुख न्यायधिश भएपछि प्रधानमन्त्री बनेकी थिइन भने कार्की प्रधानन्यायाधीश भएरै प्रधानमन्त्री बन्दैछन् ।

दुवै जना आफ्नो देशका पहिलो महिला प्रधानमन्त्री हुन् ।

त्यति मात्र होइन, उनीहरु बीच अरु धेरै कुरामा समानता देखिएको छ । दुवै जना वकालतबाट न्याय क्षेत्रमा प्रवेश गरेर न्यायाधिश भए । दुवैजना बारको राजनीतिमा लागे पनि पार्टी राजनीतिमा लागेनन् । बोय सेनेगल बारको अध्यक्ष पनि बनिन्, कार्की भने बारको केन्द्रिय नेतृत्वमा पुग्न सकिनन् । दुवै जना प्रजातान्त्रिक व्यवस्थाका समर्थक भए पनि भ्रष्टाचार र आर्थिक अनियमितताहरुको विरुद्ध खरो उत्रन्छन्, को कुन पार्टीको भनेर हेर्दैनन् ।

अर्काे संयोग बोय जस्तै कार्की पनि चुनाव जितेर होइन, विशिष्ट परिस्थिति सृजना भएर केही समयको लागि प्रधानमन्त्री बन्दैछन् ।

२००० को राष्ट्रपति चुनावमा अब्दुलाये वेडको विजय पछि उनले २००० अप्रिलमा कानुनविद्को हैसियतमा बोडलाई न्यायमन्त्री बनाए । राष्ट्रपति बेड र प्रधानमन्त्री मुस्तफा नियासेबीचको विवाद पछि मुस्तफाले राजीनामा दिए । यसरी ३ मार्च २००१ मा वेडले बोयलाई प्रधानमन्त्री नियुक्त गरे संसदको चुनाव गराउने र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी दिंदै ।

यता, शुशिला कार्की पनि अनपेक्षित राजनीतिक घटना क्रमपछि प्रधानमन्त्री बन्दैछन् । र, उनको पनि चुनाव गराउने तथा सुशासन कायम गराउने नै मुख्य जिम्मेवारी बन्दैछ ।

२००१ मार्च ३ तारिखमा प्रधानमन्त्री बनेकी उनी करिब १८ महिना प्रधानमन्त्री बनेकी थिइन । उनले चुनाव गराएर सहजरुपमा सत्ता हस्तान्तरण गरेकी थिइन र भ्रष्टाचार नियन्त्रणको लागि केही कडा कदमहरु चालेकी थिइन । अब कार्की भने कति समय प्रधानमन्त्री होलिन् र जनताका अपेक्षाहरु तथा देशका समस्याहरुलाई समाधान गर्नको लागि के गर्लिन् त्यसको लागि भने कुर्नैपर्छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।