आज सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा बन्द रहने

Sep 12, 2025 10:12 AM Merolagani



भदौ २७ गते, शुक्रबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्रवाह हुने राफसाफ तथा फर्छ्यौट सेवा स्थगन गरिएको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात उत्पन्न विषम परिस्थितिका कारण जारी भएका कर्फ्यू, निषेधाज्ञा तथा उक्त आन्दोलनका कारण भएको भौतिक क्षतिका कारण धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौटका लागि निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंक तथा लगानीकर्ताहरु लगायतका सम्बन्धित पक्षहरुले आवश्यक कार्य सम्पादन गर्न सक्ने स्थिति नरहेकोले आज सो सेवा स्थगन गरिएको बताइएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।