असोज २ गतेसम्म शेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन, अब शेयर बजार ५ गते मात्रै खुल्ने

Sep 12, 2025 04:03 PM merolagani



नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आउने असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब शेयर कारोबार आउने असोज ५ गते आइतबार मात्रै खुल्ने छ।

"बोर्डेले आउने असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्न हामीलाई निर्देशन दिएको छ। अब आउने ५ गते देखि मात्रै शेयर कारोबार हुने छ" नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मेरो लगानीसँग भने।

अब परिस्थिति सामान्य बनेमा खण्डमा असोज ५ गते आइतबार बजार खुल्नेछ। यो भनेको दसैँको घटस्थापनाको अघिल्लो दिन हो। जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मङ्गलवारदेखि शेयर बजार बन्द छ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।