प्रदर्शनका क्रममा तोडफोड भएका ठाउँमा युवावर्ग तथा अभियान्ताहरुले धमाधम सरसफाइ गर्दै

Sep 13, 2025 11:23 AM merolagani



शनिबारदेखि काठमाडौंका सडकमा सवारी साधनको आवागमन बढेसँगै अवस्था सामान्यतर्फ फर्किन लागेको छ ।

भदौ २३ गतेदेखि जेनजी प्रर्दशनका कारण चल्न नसकेको सार्वजनिक यातायातका साधनहरु समेत शनिबारबाट सुचारु हुन थालेका छन् ।

केही लामो दुरीका गाडीहरु पोखरा, चितवनलगायतका अन्य ठाउँहरुका लागि छुटेको यातायात व्यवसायीले बताएका छन् । शनिबारदेखि नेपाली सेनाले लगाएको कर्फ्यू हटेसँगै काठमाडौं उपत्यकाभित्र चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात समेत सञ्चालनमा आएका छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री शुशिला कार्की नियुक्त भएसँगै बजारमा चहलपहल समेत बढेको हो ।

प्रदर्शनका क्रममा आगजनी, तोडफोड भएका ठाउँमा युवावर्ग तथा अभियान्ताहरुले सरसफाइको काम समेत अघि बढाइरहेका छन्




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।