निक्कै लामो समय देखि विवादमा रहेको उक्त विषय अहिलेको अवस्थामा बिउँताउनु हुने थिएन कि भन्ने धारण व्यवसायीले राखेका छन्। “अहिलेको परिस्थिति नै अलि फरक छ। ऊर्जा मन्त्रीको पहिलो निर्णय नै बक्यौता रकम उठाउने आउनु हुने थियो कि थिएन भन्ने प्रश्नको जबाफ नै दिने अवस्था छैन। फेरि यो बहसको विषय हो। यस विषयमा व्यवसायीका आफ्नै धारणा थिए भने प्राधिकरणको आफ्नै भनाई थियो। त्यसले गर्दा मनोबल खस्किरहेको बेलामा बिजुलीको बक्यौता उठाउने निर्णयले व्यवसायीमा नेगेटिभ म्यासेज जान्छ की ?” सिएनआइका अध्यक्ष राजेश अग्रवालले मेरो लगनीसँग भने।