सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले भने, 'म प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्नेछु।'
उनले आफ्नो भूमिकालाई सेवा भावले लिने प्रतिबद्धता जनाउँदै सरकारको नाममा पाइने विशेष सुविधाहरू त्यागेका छन्।
साथै, उनले 'मन्त्री हुँ भनेर 'माननीय'भन्ने चलनबाट टाढा रहन चाहन्छु भन्दै सो सम्बोधन प्रयोग नगर्न आग्रह समेत गरेका छन्।
मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् ।