प्रधानमन्त्री ओलीदेखि सभामुखसम्मका नेता कहाँ र कुन अवस्थामा छन् ?

Sep 11, 2025 10:48 AM mero lagani



दुई दिनसम्म चलेको रक्तपातपूर्ण प्रदर्शनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश राजनीतिक रिक्तताको अवस्थाबाट गुज्रिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको राजीनामा स्वीकृत गर्दै मंगलबार ‘संविधानबमोजिम अर्को व्यवस्था नहुन्जेलका लागि’ उनैलाई कामचलाउ सरकारको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

त्यसको अर्थ अहिले पनि ओली नै प्रधानमन्त्री हुन् र अर्काे प्रधानमन्त्रीले सपथ नलिएसम्म उनी नै प्रधानमन्त्री रहिरहनेछन् । तर राजीनामा बुझाएपछि कामचलाउ बनेका प्रधानमन्त्री ओलीले बुधबार जेनजीको नाममा सम्वोधन गर्नु पर्ने सरकार संचालनमा कहीँ कतै उपस्थिति देखाएका छैनन । उनी पूर्णरुपमा भूमिगत छन् । त्यसमाथि राष्ट्रपति रामचन्द्र पौडेलसमेत कहाँ छन् भन्ने बारेमा यकिन हुन सकेको छैन । उनीहरु नेपाली सेनाको शिवपुरीमा रहेको व्यारेकमा रहेका बताइएको छ । उनीहरु नेपाली सेनाको शिवपुरीमा रहेको व्यारेकमा रहेका बताइएको छ । तर, साँच्चै नै त्यहीँ छन् कि अन्यत्र यकिनरुपमा थाहा हुन सकेको छैन ।

राष्ट्रपतिको निवास, शीतलनिवासमा मंगलबार दिउँसो प्रदर्शनकारी प्रवेश गरेपछि करिब २ः१५ बजे नेपाली सेनाले उनलाई त्यहाँ असुरक्षित हुन सक्ने भन्दै हेलिकप्टरबाट उद्धार गरेको थियो।

त्यसपछि उनलाई कहाँ लगियो र कहाँ राखिएको छ भन्नेबारे नेपाली सेनाले पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । त्यस्तै प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपाध्यक्ष विमला घिमिरेको अवस्था अहिलेसम्म अज्ञात छ । प्रधानमन्त्री ओलीले बुधबार जेनजीको नाममा सामाजिक संजालमा पत्र लेखेपनि उनी कहाँ, कुन अवस्थामा छन् भन्ने केही खुलाएका छैनन् ।

प्रदर्शनकारीले आफ्नै घरमा आक्रमण गरेपछि घाइते भएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुलाई सेनाले उद्धार गरि काठमाडाैंकै एक अस्पतालमा उपचाररत भनिएको छ, तर अरु अवस्था अज्ञात छ । पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र सोही पार्टीका सम्मानित नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि अज्ञात छन् । खनालकी पत्नी रविलक्ष्मी चित्रकार घरमै भएको आजगनी परेर गम्भिर घाइते भएकी छन् । उनको किर्तिपुरमा उपचार भइरहेको छ । तर, खनाल भने अहिलेसम्म त्यहाँ पुगेका छैनन् ।

ओली देश छोडेर बाहिरिएको चर्चा सामाजिक सञ्जालमा भइरहे पनि उनी मात्रै होइन अहिलेसम्म कुनै पनि मन्त्रीहरु र उच्च नेताहरु कोही पनि विदेश पलायन भएको अवस्था छैन ।

कामचलाउ प्रधानमन्त्रीे राजनीतिकरुपमा निस्क्रिय देखिए पनि कर्मचारीतन्त्रको नेतृत्व हाँक्ने मुख्यसचिव एकनारायण अर्यालले नेपाल सरकारका सचिवहरूको बैठक राखेका छन् । उनले नेपाली सेना लगायत सुरक्षा अंगका नेतृत्वसंग समेत समन्वय गरिरहेको देखिन्छ ।

पूर्वमुख्यसचिव लीलामणि पौडेल प्रधानमन्त्री ओली निस्क्रिय रहे पनि संविधानअनुसार नेपाली सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलकै कमाण्डमा अहिले देश चलिरहेको बताउंछन् । ‘अनेक हल्लाहरु चलिरहे पनि उनको आदेश अनुसार नै सेना लगायतका सुरक्षा निकायहरु परिचालित भएको देखिन्छ । सेनाले राष्ट्रपतिलाई अटेर गरेर आफूखुसी शासन हातमा लिएको अवस्था छैन’ उनको भनाइ छ ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।