मन्त्री भएकाे अर्काे दिन अर्थमन्त्री खनालले जेनजी आन्दाेलनका क्रममा क्षति भएका भाैतिक संरचनाकाे स्ठलगत अनुगमन गरेर निजी क्षेत्रका व्यवसायीलाई ढाडस दिने प्रयत्न गरे । त्यतिमात्र हाेइन् उनले नीतिगत रुपमा नै केही सहुलितकाे व्यवस्था गरे ।

अर्थमन्त्री खनाले तत्काल व्यवसायीलाई राहत दिने गरी कर तिर्ने म्याद एक महिना थपि दिए । अन्तःशुल्क, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क तथा विलासिता शुल्कको विवरण र कर रकम तिर्नुपर्ने म्याद एक महिना थप गरि दिए । त्यतिमात्र होइन, अर्थमन्त्री खनालले बैंक र फाइनान्सबाट के–के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने समेत बताए ।
अर्थमन्त्री खनाल तत्कालका लागि भएपनि केही राहत दिएकाेमा निजी क्षेत्रकाे मनाेबल बढ्न पुगेकाे व्यवसायीहरु बताउँछन् । नाडाका अध्यक्ष करण चौधरीले अर्थमन्त्रीले क्षतिग्रस्त अटो शोरुमहरुको अवलोकन गरेर निजी क्षेत्रकाे मनाेबल बढेकाे बताए ।
अर्थमन्त्री खनालले अटाे व्यवसायीसँग छलफल समेत गरेका थिए । अर्थमन्त्रीको उक्त पहलकदमी पछि अटोक्षेत्र पनि निकै उत्साहित भएको चौधरीले बताए ।
‘अर्थमन्त्रीज्यू स्वंयम क्षतिग्रस्त अटो शोरुममा आएर निरिक्षण समेत गर्नुभयो, त्यसपछि मन्त्रालयमा बोलाएर सुझाव माग्नुभयो । हामीले सुझाव पनि दिएका छौं,’ उनले भने, ‘अर्थमन्त्रीज्यूले पनि के कसरी राहत तथा सुविधा दिन सकिन्छ, त्यो गर्न तयार छौंं भन्नु भएकोले हामी आशाबादी नै छौं ।’ क्षतिग्रस्त संरचनको पुनर्निमार्णमा नाडा पनि सरकारसँग सहकार्य गर्दै अघि बढ्न चाहिरहेको उनको भनाइ छ ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालले एकाएक जेनजी प्रदर्शनका क्रमा क्षति पुगेको अटो शोरुम, भाटभटेनी सुपरमार्केटलगायत निजी क्षेत्रका उद्योगहरुको निरिक्षण गरेका थिए । उनले उक्त दिन थापाथलीस्थित विभिन्न अटो कम्पनीका शोरुमको क्षतिग्रस्त अवस्थाको निरिक्षण गरका थिए ।

त्यस्तै उनले प्रदर्शनकारीले आगजनी र तोडफोड गरेको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको समेत निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा पुगेका अर्थमन्त्री खनालले क्षतिग्रस्त संरचनाको मात्र निरिक्षण मात्र गरेनन्, उद्योगी व्यवसायीसँग पनि कुराकानी गरेका थिए । निरिक्षणमा पुगेका अर्थमन्त्रीलाई नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालका अध्यक्ष करण चौधरी, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले लगायतका व्यवसायीले स्वागत गरेका थिए ।
आफ्नो उद्योग व्यवसायमा पुगेको क्षतिबाट मर्माहत भएका व्यवसायीलाई अर्थमन्त्रीको निरिक्षणले केही न केही आशावादी भने बनाएकाे थियाे । दिनभरजसो क्षतिग्रस्त संरचनाको निरिक्षण गरेपछि अर्थमन्त्री खनालले अर्थ मन्त्रालयमा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीलाई बोलाएर संयुक्त रुपमा छलफल समेत गरेका थिए ।
अर्थमन्त्री खनालले बोलाएको छलफलमा निजी क्षेत्रका तीनवटै छाता संगठनहरुका प्रतिनिधिहरुको सहभागी भएका थिए । छलफलमा खासगरी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएन, नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी व्यवसायी व्यवसायीको उपस्थिति थियो ।
छलफलमा निजी क्षेत्रका व्यवसायीले आम व्यवसायीको शुरक्षा, देशको शान्ति, अमनयन र क्षतिपछिको राहत दिने विषयमा सरकारले ठोस ढंगले काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, व्यवसायीको मनोबाल उकास्ने गरी नीति ल्याउनुपर्ने उनीहरुको मुख्य माग थियो ।
अर्थमन्त्रीको छलफलमा सहभागी भएका नाडाका अध्यक्ष करण चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गरेकाे बताए। उनले नाडाको तर्फबाट सरकारले चाल्नुपर्ने २२ बुँदे सुझावहरु समेत अर्थमन्त्रीसमक्ष पेश गरेका थिए ।

छलफलमा नाडाले खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्यालु रेसियो’ मा हाल ६० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव दिएका थिए ।
छलफमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका क्षतिको तथ्याङ्क संकलन गरी आवश्यक कदम चाल्ने बताए ।
त्यस्तै, अटोमोवाइल क्षेत्रमा पनि ठूलो नोक्सानी पुर्याएको बताउँदै मन्त्री खनालले आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने बताएका थिए । व्यवसायीका सुझावहरु धेरै सकारात्मक आएको भन्दै त्यसबारे मन्त्रिपरिषदमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने आश्वासन दिएका थिए ।

छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रेका कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको बताउँदै छिटै सवारी साधन सञ्चालन गरिने बताए । उनले क्षतिपछि आघातमा रहेका व्यवसायीहरुका लागि पनि सरकारले प्रोत्साहन प्याकेज समेत ल्याउने बताए ।