Wed, Sep 17, 2025
बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा गरेका छन् । उनी राप्रपाका नेता हुन् ।
जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट उनले राजीनामा घोषणा गरेका थिए । साेही राजीनामाकाे पत्र पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई बुझाएका हुन । उनले युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।
उनले युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।
जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।