सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

Sep 17, 2025 12:20 PM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) ले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।

कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।

यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।