चौंथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरेको जनाएकाे छ। सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो। उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्यूजिक प्रा.लिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो।
यस अघि सो संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ। बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत वृक्षारोण कार्यक्रम, वृद्धवृद्धाहरुलाई सम्मान तथा उहाँहरुलाई आवश्यक खाद्य सामाग्रीहरुको वितरण लगायतका सामाजिक कार्यहरु गरिसकेको छ।
२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ।
