हाललाई १५ मिनेटको औसत गणना स्थगित गर्ने धितोपत्र बोर्डको निर्णय

Sep 20, 2025 01:41 PM merolagani



धितोपत्र बोर्डको आज बसेको बैठकले १५ मिनेटको ‍औसत गणना गर्ने विधिलाई स्थगन गर्ने निर्णय गरेको छ। बोर्डले लगानीकर्ताको तीव्र दबाब थेग्न नसकेकोले हाललाई स्थगन गर्ने निर्णय गरेको जनाएको छ।

"लगानीकर्ताको मागलाई सम्बोधन गर्न भन्दै हाललाई १५ मिनेटको औसत गणना विधि स्थगन गर्ने निर्णय गरियो" धितोपत्र बोर्डका सञ्चालक हेमराज ढकालले भने।

आज बैठक हुने थाहा पाएपछि बिहानै देखि लगानीकर्ता उक्त निर्णय गराउन भन्दै धितोपत्र बोर्ड परिसरमा जम्मा भएका थिए। बाहिर बसेर चर्को विरोध गरेपछि बोर्डले लगानीकर्ताको दबाब थेग्न नसकी उक्त निर्णय गरेको हो।

आइतबार देखि १५ मिनेटको औसत कारोबार हुने छैन। यस अघिकै नियम अनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिने छ। 




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।