यदि छ भने तपाईँले अब यो झन्झट बेहोर्नुपर्ने छैन । विश्वासिला, भरपर्दा र वर्षौंदेखिको लिगेसी बोकेका सन्चारगृह र सन्चारमाध्यमका अंग्रेजी र नेपाली दुवै भाषाका समाचार अब एउटै प्लाटफर्ममा सजिलै प्राप्त गर्नसक्नुहुने छ र समयको बचत गर्नु हुने छ । जसका लागि अब तपाईंले हातमा (Haatma) एप डाउनलोड गरे पुग्छ ।
व्यस्त समयमा जम्मा ६० शब्दमा ताजा सूचना अनि फुर्सद र रुचिअनुसार विस्तृत समाचार यसका मुख्य विशेषता हुन् । आम मानिसले मन पराएका तथा विश्वास गरेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्चारगृह वा सन्चारमाध्यमले उत्पादन गरेका समाचार अपडेट तत्काल प्राप्त गर्न, सोझै उनीहरुको आधिकारिकवेभपेजबाट पढ्न, हेर्न र सुन्न पाउने सुविधा यो न्युज क्युरेटर एपले प्रदान गर्दछ ।

समाचार तथा सूचनामुलक सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा दुई दशक लामो अभ्यास र अनुभव हासिल गरेको संस्था इन्टरफेस नेपाल नेटवर्कले आम दर्शक, पाठक तथा श्रोताहरुलाई सहज रुपमा समाचार उपलब्ध गराउन अनलाइन पोर्टल www.haatma.com र समाचार एप– Haatma को औपचारिक आरम्भ गरेको छ । आम उपभोक्तालाई भिथ्या र भ्रामक समाचारबाट जोगाउने तथा सही, सत्य र तथ्यसहितका समाचार तत्कालै उपलब्ध गराउने माध्यम हो यो ।
स्वदेशका, विदेशका अनि तपाईं आफ्नै चासोका सामाचार छानी छानी पढ्न पाइने सुविधासहितको यो एप
आईओएस र एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । Haatma एप न्युज एग्रिटेर मात्र नभई न्युज क्युरेटर पनि हो । एआई र ह्युमन इन्टेलिजेन्सको एकसाथ प्रयोगबाट एकत्रित गरिएका समाचार तथा भिडियोहरु तपाईंहरुले संक्षेप र विस्तृत दुवै रुपमा पाउन सक्नुहुने छ । नेपाली र अंग्रेजी भाषामा समाचार उपलब्ध हुने यो एपमा अहिलेसम्म चार दर्जनभन्दा बढी सञ्चारगृह जोडिएका छन्, थप उत्तिकै संख्यामा जोडिने प्रक्रियामा छन् ।
यो एपमा नेपालकै पुरानो सरकारी सञ्चारगृह गोरखापत्र संस्थानका प्रकाशनदेखि राष्ट्रिय साप्ताहिक, दैनिक अनि अहिलेका नयाँ न्युमिडिया सबैका समाचार एकैपटकमा पढ्न पाउनु हुनेछ। आधिकारिक र तथ्य बिनाका समाचारहरुले भ्रम सिर्जना गरिरहेका बेला यसले केबल आधिकारिक र तथ्यसहितका समाचार उपलब्ध गराउने छ भने नकारात्मक समाचारलाई मात्रै नभई सकारात्मक अनि आशा जगाउने समाचारहरुलाई प्राथमिकताका साथ आम पाठकहरुलाई उपलब्ध गराउने छ।
साथै यो एपमा आपत्कालीन अवस्थामा हामी जो कोहीलाई आवश्यक पर्ने निशुल्क टेलिफोन नम्बरहरु पनि राखिएको छ, जसबाट समस्यामा परेका बेला जोसुकैलाई पनि सहयोग पुग्ने हाम्रो विश्वास छ ।
समग्रमा यो एप छिनछिनमा र अत्यन्तै कम समयमा अपडेट हुने न्युज प्लाटफर्म हो, जसले समाचारको भोक मेटाउँछ, सत्य–तथ्य भेटाउने तिर्खा मेटाउँछ र समाचारकै लागि अनेक एप खोलेर समयको बर्बाद गर्ने बाध्यता हटाउँछ अनि विस्तृतमा जानकारी प्राप्त गर्ने चाहना पूरा गर्छ ।