दशैंपछि शेयर बजारमा कसरी लगानी गर्ने ?

Sep 28, 2025 06:07 PM Merolagani



दशैं अगाडिकाे शेयर बजारले स्पष्ट रुपमा कुनै गति लिन सकेन । मुलुकमा भएको राजनीतिक  अवस्थाको कारणले बजार  द्विविधापूर्ण भएर बन्द भएको हो ।

यसवर्षको दशैं पूर्व अर्थात आईतबार ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ । यसदिन २ अर्ब ९१ कारोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । फेष्टिभ मुडमा रहँदा शेयर बजार सुस्ताएको लगानीकर्ताहरुको बुझाई छ ।

शेयर बजारप्रति सरकार सकारात्मक रहेको पाइन्छ । सरकारले बजारको समस्या अध्ययन गर्न गठन गरेको कार्यदलले सरकारलाई सुझाव बुझाई सकेको छ । उक्त कार्यदलले बुझाएको सुझावप्रति लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ ।

सरकारले उक्त सुझावको कार्यान्वयनमा जोड दिए शेयर बजारले राम्रो फड्को मार्ने आम बुझाई छ । सरकारको अहिलेको कार्यशैलीलाई हेर्दा ती सुझाव  कार्यान्वयनमा आउनेमा लगानीकर्ताहरु विश्वस्त भएको पाइन्छ ।

त्यसैगरी,दशैपछि सूचिकृत कम्पनीहरुले वार्षिक साधारण गर्ने समय हो । उक्त समयमा कम्पनीको लाभांश क्षमतालाई हेरेर लगानी गर्नुपर्छ । बढ्दो तरलता र घट्दो ब्यादरले पनि शेयर बजारमा लगानीको लागि राम्रो वातावरण बनेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरु हतार गरेर शेयर बिक्री गर्ने भन्दा पनि केही समय धैर्य गर्नुपर्ने तिर लाग्ने देखिन्छन् ।




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।