सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM Merolagani



असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गत असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी यसदिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा १२० रुपैयाँ बढेर २ हजार ९३० रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज १२ गते चाँदी २ हजार ८१० रुपैयामा खरिदबिक्री भएको थियो ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।