मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 07, 2025 08:43 AM Merolagani



असोज २१ गते, मंगलबार, मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

फाइनान्सले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।