‘पर्ख र हेर’ को अवस्थामा नेपाल दूरसञ्चार कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Oct 18, 2025 06:45 PM Merolagani



यस साता अन्य उपसमूहको परिसूचक २.६६ प्रतिशत घटेको छ। गत साता २२९२.५२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६०.९३ अंक घटेर २२३१.५९ विन्दुमा बन्द भएको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ।

यस साता सो कम्पनीको शेयरमूल्य १ रुपैयाँ ५० पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ८४७ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता घटेर ८४५ रुपैयाँ ८० पैसामा झरेको छ।

 

‘पर्ख र हेर’ को अवस्थामा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल कम्पनीको टेवा क्षेत्र ७६० देखि ८१० सम्म रहेको छ। आगामी कारोबार दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ९५० देखि १ हजारको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। यसले गत साता लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, गत साताभरी नै कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले ती सबै दिनहरुमा कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा १२ हजार ४२६ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १८ हजार ४१२ कित्ता रहेको छ। गत साताको दैनिक औषत भोल्यूम २० दिने औषत भोल्यूमको तुलनामा ३२.५१ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

यस साताको कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। यसले हाल कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयरमूल्य न्यूट्रल जोनमा रहेको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ करोड ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ भने कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ।

आम्दानी सामान्य घटेपनि कम्पनीको खुद नाफा भने उल्लेख्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको चालु कर खर्च ११ करोडबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीको खुद नाफा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ ६४ पैसाबाट १४ रुपैयाँ ८२ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ५७.०७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.७१ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको १८ करोड कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ८६४ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार १०७ रुपैयाँ रहेको छ भने न्यून मूल्य ७६२ रुपैयाँ ५० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ५२ अर्ब २४ करोड ४० लाख रुपैयाँ रहेको छ।

ब्रोकर ३४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३३ हजार ५७० कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६ हजार १५ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)