शेयर बजारमा जोखिम न्यूनिकरण कसरी गर्ने ?

Oct 23, 2025 01:52 PM Merolagani



शेयर बजारलाई जोखिम पूर्ण लगानी क्षेत्रको रुपमा लिने गरिन्छ । शेयर बजारको स्वभाव अत्यान्त संवेदनशिल हुने गरेको छ । सानो तिनो कुराले पनि ठूलो उतारचढाब हुने भएकाले शेयर बजारलाई अति संवेदनशिल क्षेत्रको रुपमा लिने गरिएको हो ।

पछिल्लो समय शेयर बजार निरन्तर घट्दो अवस्थामा छ । यस पटक शेयर बजार एक वर्षकै न्यून विन्दुमा छ । सो समयमा बजारमा प्रवेश गर्ने समय भएको बताउने गरेका छन् । शेयर बजार २५०३ विन्दुमा  छ । सरकारले नीतिगत सुधार गर्दै छ । बजारलाई वाधा पुगेका नीतिहरु खुकुलाे भएका छन् । बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाको लागि पनि ब्याजदर घटाएका छन् । यसले कुनै क्षेत्रबाट पनि मनग्य कर्जा माग भएको छैन भन्ने कुराको संकेत गरेको छ ।

 

शेयर बजार अत्यान्त घटेको समयमा खरिद गर्ने र धेरै बढ्दा बिक्री गर्ने सिद्धान्त नै हो । अहिलेको बजार निरन्तर घटेर न्यून विन्दुमा छ । त्यसैले शेयर एक्युमुलेसन गर्ने समयको रुपमा लिने गरेको पाइन्छ । अहिले लगानीकर्ता कम्पनीमा पूँजी गत सहित कम्पनीले वितरण गर्ने प्रतिफल समेत हात पार्न सकिने छ । लगानीकर्ताले स्वअध्ययन गरेर शेयर खरिदबिक्री गर्नुपर्छ । लगानीकर्ताले देशको समग्र आर्थिक, राजनीतिक र ब्याजदरलगायतका अवस्थालाई हेरेर लगानी गर्नुपर्ने हुन्छ । साथै, हरेक वर्ष लाभांश वितरण गर्दै आएका कम्पनीहरु छनोट गर्दा बजार बियरिस रहेको बेला पनि प्रतिफल प्राप्त गर्न सकिन्छ ।

हल्लाको भरमा लगानी नगर्ने

पछिल्लो समय शेयर बजारका लगानीकर्ताको मनोभावना हल्लाले निर्देशित गर्ने गरेको पाइन्छ । लगानीकर्ताको धेरैजसो निर्णय भीड मनोविज्ञानले नै निर्धारित गरेको पाइन्छ । फलानाले भनेको वा कुन समूहको लगानी कसरी भएको जस्ता हल्लामा लगानी रणनीति बनेका छन । यस्तो निर्णय सबै सहि हुँदैन । लगानीकर्ता स्वंयमलाई आत्मघाती सिद्ध हुन सक्नेछ । त्यसैले स्वअध्ययनलाई जोड दिदै लगानी व्यवस्थापनमा ध्यान दिनु पर्छ ।

अनुशासित भएर लगानी रणनीति बनाउने

कुनै पनि क्षेत्रमा सफल हुनको लागि अनुशासित अपरिहार्य छ । शेयर बजार अझै जोखिमपूर्ण लगानी क्षेत्र भएकाले लगानी जोगाउन लगानकर्ता स्वंयम अनुशासित भएर रणनीति बनाउन जरुरी हुन्छ । शेयर बजारमा हुने गरेको उतार चढावमा आत्तिने र बढ्दा मात्तिने गर्नु हुँदैन । लगानीको टार्गेट सेट गर्नुपर्छ । लोभ र डरलाई नियन्त्रण गरी अनुशासनमा रहन सकिएको खण्डमा बजारबाट नोक्सान व्यहोर्नु पर्दैन ।

पोर्टफोलियो विविधिकरण गर्ने

शेयर बजारका लगानीकर्ताले बजारबाट हुने सम्भावित जोखिम व्यवस्थापन गर्नको लागि पोर्टफोलियो विविधिकरण गर्न जरुरी हुन्छ । बजारको जोखिम न्यूनिकरण गर्न विभिन्न क्षेत्रका सवल कम्पनीहरु तथा लगानी उपकरणमा लगानी विविधिकरण गर्नुपर्छ । यस्तो विविधिकरणले जोखिम कम गर्न सहयोग पुर्याउँछ ।

सहि समयमा निणर्य लिने

शेयर बजारमा सानो तिनो कुराले पनि प्रभाव पारेको हुन्छ । लगानीकर्ता मुलुकमा भएको राजनीति, आर्थिक, सामाजिक र नीतिगत व्यवस्थाको विषयमा जानकार हुनै पर्छ । शेयर बजारमा सधै एउटै रणनीतिले काम गर्दैन । त्यसलाई व्यवस्थापन गर्न बजार उच्च विन्दुमा वा न्यून विन्दुमा छ भन्ने कुरा ख्याल गर्नु पर्छ ।

भावनामा बहकिएर लगानी नगर्ने

दोस्रो बजारमा लगानीकर्ता कठोर हुनुपर्छ । बजारको लगानीको रणनीति भावनामा आधारित भएर बनाउनु हुँदैन । धेरै लगानीकर्ता आफ्ना मनोभावनालाई नियन्त्रण गर्न नसक्दा पनि बजारबाट ठूलो नोक्सान व्यहोर्नु परेको देखिन्छ । लगानीकर्ताले भय, डर र लोभलाई नियन्त्रण गर्न आवश्यक छ ।

 

सामान्यतया बुलमा लोभ र बियरिसमा डरलाई नियन्त्रण गर्नुपर्छ । भावना भन्दा पर रहेर अध्ययन अनुसन्धान र टार्गेट अनुसारको लगानी व्यवस्थापना गर्न सक्नुपर्छ ।

क्षमता अनुसारको लगानी गर्ने

बजारमा धेरै कमाउने लोभमा भए नभएको पूँजी बजारमा खन्याइएको हुन्छ । अझ बैंकको ऋणबाट पनि लगानीलाई जोड दिइएको पाइन्छ । ऋणको ब्याज तिर्न सक्ने क्षमता भएका लगानीकर्ताले मात्रै ऋणबाट लगानी बढाउदा राम्रो हुन्छ । यदि अपेक्षित रुपमा शेयर बजारबाट प्रतिफल प्राप्त भएन भने व्यक्तिगत रुपमा व्यवस्थापना गर्न मुस्किल पर्न सक्ने छ । आर्थिक अवस्था धरासायी नबनाउन कतिसम्म जोखिम लिने भन्ने विषयको पनि लेखाजोखा गर्नुपर्दछ ।

पोर्टफोलियोमा भएका कम्पनीको विषयमा जानकारी राख्ने

आफूले लगानी गरेको कम्पनीको सम्पूर्ण जानकारी लगानीकर्ताले राख्नु पर्ने हुन्छ । कम्पनीको प्रगति, सञ्चाल पूँजीको अवस्थाबारेमा सँधै चनाखो बन्नुपर्दछ । बजारमा हुने गरेको डिमाण्ड एण्ड सप्लाई लगायतका विषयमा लगानीकर्ता जानकार हुन जरुरी छ ।

दोस्रो बजारमा लगानी गर्दा लगानी व्यवस्थापन र जोखिम व्यवस्थापनको लागि धेरै उपायहरु अपनाउने गरिन्छ । जसमध्ये माथि उल्लेखित केही बुँदा मात्रै हो । लगानीकर्ता अनुसारको जोखिम व्यवस्थापनको रणनीति फरक हुने गर्दछ । 

 

 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।