साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टीका लगाइदिने साथै दिदी बहिनीले दाजुभाइ लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।
त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाइलाई पुजा गरिसकेपछि दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षिणा र उपहार दिने चलन रहिआएको छ ।
यस वर्षको भाइटीकाको साइत कात्तिक ६ गते बिहिबार बिहान ११ बजेर ३९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरुदेखि शुरु भएको थियो । १ गते धन त्रयोदशी र धनतेरस पर्व, कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मी पूजा, कात्तिक ५ गते बुधबार गाई, गोरु तिहार, गोवद्र्धन पूजा एवं कात्तिक ६ गते बिहिबार शनिबार भाइटीका मनाइदै छ ।