सोही अनुसार कम्पनीले सन् २०३० भित्र २६ वटा नयाँ मोडेलका सवारीहरु सार्वजनिक गर्ने लक्ष्य लिएको हो । कार निर्माताको भविष्यको रोडम्याप योजनाअनुसार, हुन्डाइको पारिवारीका कार, पूर्ण रुपमा नयाँ एसयूभी र अफ रोड एसयूभीसहित इलेक्ट्रिक हाइब्रीड एसयूभी समेत विकास गर्ने बताएको हो ।

जसअनुसार हुन्डाइले स्थानीय रुपमा डिजाइन गरेको र विकसित इलेक्ट्रिक एसयूभी भने सन् २०२७ मा डेब्यू गराउने लक्ष्य लिएको हो । नयाँ हुन्डाइ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भारतको चेन्नइ प्लान्टमा उत्पादन हुनेछ । उक्त प्लान्टबाट नै आपूर्ति श्रृङ्खला स्थानीयकरण गरिने कम्पनीले जनाएको छ ।
उक्त एसयूभीमा दुई ब्याट्री प्याक विकल्पहरु हुनेछन् । मानक दायरा (शहरी यात्राका लागि) र लामो दायराका लागि(हाइवे ड्राइभका लागि) सहितको प्रस्ताव गरिएको छ ।
यो इभी नियन्त्रक ओटीए र लेभल २ एडीएएस (स्वायत्त चालक सहायता प्रणाली) सहितको उन्नत इन्फोटेनमेन्टको साथ सुपर बलियो बडी स्टक्चरसहित आउने कम्पनीले जनाएको छ ।
त्यस्तै, हुन्डाइ इन्डियाले विभिन्न ८ वटा नयाँ हाइब्रीड मोडेलका गाडीहरु ल्याउने गरी परिचय सार्वजनिक गरेको इन्डिया कार न्यूजले जनाएको छ ।
ती ब्रान्डका गाडीहरुले ५२ प्रतिशतसम्म पर्यावरणमैत्री उत्पादन मिश्रण प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । हाइब्रीडतर्फ यो कदम चाल्नुको कम्पनीले बढ्दो बजार माग र कर्पोरेट औसत इन्धन दक्षता आदी हुन् ।
त्यस्तै, हुन्डाइले भविष्यमा पेट्रोल हाइब्रीड पावरटेनअन्तर्गत मास मार्केट हाइब्रीडका रुपमा बजारमा आउनेछ । जसमा पूर्ण नयाँ १.२ लिटर पेट्रोल इन्जिनको प्रयोग गरिनेछ । जुन कम्प्याक्ट सन् २०२६ मा क्रसओभर गाडीको डेब्यु हुनसक्ने कम्पनीको दाबी छ । यसको इन्जिन भारतमै विकास गरिनेछ । र, हाइब्रीड प्रणालीसँग उपयुक्त हुनेछ ।
त्यस्तै भारतमा पहिलो हुन्डाइ कार २०२७ मा लन्च हुने बताइएको छ । त्यसपछि सोही वर्ष नाइ १ आइ(कोडनेम) तीन पंक्ति हाइब्रीड एसयूभी र सन् २०२८ मा हुन्डाइ पालिसेड हाइब्रीड एसयूभी आउने कम्पनीले जनाएको छ ।