प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाची सिमेन्टको लाइन काटेको हो । यी उद्योगको विद्युत महसुल बक्यौता अत्याधिक रहेको बताइएको छ।
प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । प्राधिकरणको ताकेतापछि १२ वटा उद्योगले बक्यौता रकम तिरेका छन्।
बक्यौता रकम तिर्नेबित्तिकै लाइन जोडिने प्राधिकरणले जनाएको छ।