सन् २०४० सम्म सुनको भाउ प्राइभेट जेटको मूल्यजति पुग्ने !

Oct 16, 2025 02:19 PM Merolagani



सुनकाे भाउ अचाक्लि बढेपछि अनेक अडकल बाजी गर्न थालिएकाे छ । नेपाली बजारकै कुरा गर्ने हाे भने सुनकाे भाउ ताेलाकै २ लाख ५० हजार ९०० पुगेकाे छ । सुनकाे भाउ निरन्तर बढ्दै जाने अनुमान गरिएकाे छ ।

यसैबीच, भारतको आरपीजी समूहका अध्यक्ष हर्ष गोयन्काले सामाजिक सञ्जालमा एउटा पोस्टमा १ किलो सुनको मूल्य २०४० सम्ममा प्रतिऔंस सुनको मूल्य ५ हजार डलर (लगभग ७ लाख ५ हजार रुपैयाँ) पुग्ने अनुमान गरेका छन्। सन् २०४० मा सुनकाे भाउ प्राइभेट जेटको मूल्यबराबर हुन सक्ने अनुमान उनले गरेका हुन ।

 

उनले सुनकाे मूल्यलाई कारसँग तुलना गरेका छन् । गोयन्काका अनुसार सन् २०३० मा एक किलो सुनको भाउ रोल्स रोयस कार र सन् २०४० मा प्राइभेट जेटको मूल्यबराबर हुन सक्ने बताएका छन् । गोयन्काको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।