सुनको मूल्य बढेर पुनः नयाँ रेकर्ड, चाँदी भने घट्यो

Oct 15, 2025 10:57 AM Merolagani



असोज २९ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य नै हालसम्मको उच्च हो ।