सुनको मूल्यमा भारि गिरावट, चाँदीको रेकर्ड ब्रेक कायमै

Oct 10, 2025 10:57 AM Merolagani



असोज २४ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनकाे मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँ गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो नै हालसम्मको उच्च मूल्य हो । सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको थियो ।

यस दिन चाँदीको मूल्यले भने ताेलामा ६० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।