सुनको मूल्यमा भारि वृद्धि, रेकर्ड ब्रेक गर्ने क्रममा निरन्तरता

Oct 08, 2025 10:49 AM Merolagani



असोज २२ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ ।

यसैगरी, यस दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे । चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।