Tue, Oct 14, 2025
असोज २८ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्लो समय चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढ्ने क्रममा रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्लो समय चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढ्ने क्रममा रहेकाे छ ।
असोज २६ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।