नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ ।
यसैगरी, यस दिन चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
