यद्यपि, उनीहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
एमालेका प्रतिनिधिहरूले वर्तमान सरकारले निष्पक्ष र शान्तिपूर्ण चुनाव गराउन सक्छ कि सक्दैन भन्नेमा आफ्नो संशय रहेको धारणा राखेका थिए।
सहभागी अधिकांश नेताहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।