कर्णाली याक्सलाई एशियन पेन्ट्सको साथ

Oct 28, 2025 06:02 PM merolagani



नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणको लागि सहप्रायोजकको रूपमा एशियन पेन्ट्सको साथ पाएको छ ।

कर्णाली याक्स स्पोटर््स प्रा.लि.ले काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गर्दै एसियन पेन्ट्ससँग दोस्रो संस्करणका लागि सहकार्य घोषणा गरेको हो । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एशियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि एनपिएलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिरहेको छ । यसै दोस्रो संस्करणका लागि कर्णाली याक्सले एसियन पेन्ट्ससँग सहकार्य अगाडि बढाएको हो । कर्णाली याक्सका निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिन पाउँदा खुशी लागेको उल्लेख गरे । साथै उनले दोस्रो संस्करणका लागि कर्णाली तयार रहेको बताए ।

एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म यात्रा गर्न सफल भएको थियो । यस संस्करणमा पनि कर्णालीले राम्रो प्रदर्शन गर्ने गरी तयारी गरिसकेको छ । सहप्रायोजन सम्झौता कार्यक्रममा एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठ उपस्थित थिइन् । यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सहकार्य अगाडि बढाइसकेको छ । दोस्रो संस्करणका लागि कर्णालीले तीन विदेशी खेलाडीलाई अनुबन्ध पनि गरिसकेको छ । कर्णालीले जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको छ । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग भने सम्झौता नवीकरण गरेको छ । अघिल्लो सिजन उनले राम्रो प्रदर्शन गरेका थिए । क्यानले दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीको शहरमा ट्रफी टुरको योजना सार्वजनिक गरेको थियो । त्यसमध्ये एक स्थानमा ट्रफी टुर भइसकेको छ । कर्णाली याक्सले अब कर्णाली प्रदेशका विभिन्न स्थान, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा आगामी नोभेम्बर २ तारिखमा ट्रफी टुर गर्दैछ । त्यसपछि नोभेम्बर ५ मा ट्यालेन्ट हन्ट गर्ने तयारीमा कर्णाली छ । कर्णाली याक्सले दोस्रो संस्करणका लागि पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ ।

कर्णालीको कन्सल्ट्यान्टमा राजु बस्नेत छन् । नेपाली क्रिकेटको सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले यस सिजन गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । मिनी अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुवन्ध गरेको थियो ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।