महाधिवेशन कार्य तालिकाका बिषयमा काँग्रेस महामन्त्रीहरूसँग कार्यवाहक सभापति खड्का असहमत, केन्द्रीय कार्यसमिति बैठक स्थगित

Oct 31, 2025 03:13 PM merolagani



नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ । महाधिवेशन कार्य तालिकाको विषयमा सहमति नजुटेपछि बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्माले मङ्सिर या पुषभित्रमा  महाधिवेशनको  गर्नु पर्ने प्रस्ताव राखे पनि साे प्रस्तावमा कार्यवहाक सभापति पूर्णवहादुर खड्का समहत हुन सकेनन् ।

सहमतिको प्रयासस्वरुप बिहान छलफल भएपनि विवाद कायमै रहेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे ।

काँग्रेसकाे संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिइरहेकाे छ । 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।