केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ । जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ । जाहेरीमा नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको भन्दै युवासंघले जाहेरी दिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ । जाहेरीमा प्रचलित कानूअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।