आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ ।
स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् ।