शेयर बजार सुधारको माग राख्दै लगानीकर्ता पुगे धितोपत्र बोर्ड

Nov 07, 2025 11:59 AM Merolagani



शेयर बजारका लगानीकर्ताहरुले हिँड काठमाडौं अभियान सुरु गरेको छन । सोही अभियानको क्रममा लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।

शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै लगानीकताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन । बजार सुधार र विस्तार तथा बजारको स्तराेन्नतिका लागि हिँड काठमाडौं अभियान सुरु गरेको लगानीकर्ता आदित्य सिवाकोटीले बताए ।

लगानीकर्ताले बोर्ड समक्ष बुझाउनको लागि २८ बुँदे माग राखेका छन । लगानीकर्ताले राखेका माग यस्त छन् ।

पूँजीबजार सुधार तथा विस्तारका लागि थाँती रहेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, एनआरएनहरुलाई नेपालको दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिटका साथै बराबर करको गरिनु पर्ने ,शेयर बिक्री गर्दा भुक्तानीमा ढिलाई भएको खण्डमा ब्रोकरबाट ब्याज असुल उपर गर्न पाउने व्यवस्था गर्नुपर्ने छ ।

त्यसैगरी, बैंकलाई कुल कर्जाको २० प्रतिशत शेयर धितो कर्जाका रुपमा प्रवाह गर्ने, ब्रोकर कमिशनमा ५० प्रतिशत कटौती हुनुपर्ने साथै अन्य कमिशन पूर्ण रुपले निशुल्क बनाउनु पर्ने, पूँजीगत लाभकर अल्पकालकालिन लगानीका लागि पाँच प्रतिशत तथा दीर्घकालकालिन लगानीका लागि शून्य (०) प्रतिशत कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन ।

साथै, विभिन्न सेवामा कार्यरत कर्मचारीहरुको हित र समान पहुँच सुनिश्चित गराउन बजार समय बेलुकाको पाँच बजेदेखि नौ बजेसम्म सारिनुपर्ने बैंक तथा वित्तीय संस्थाले शेयर खरिद गरेको छ महिनासम्म बिक्री गर्न नपाउने प्रतिबन्ध हट्नुपर्ने, प्रमोटर शेयर कुनै किसिमको कर्जामा रहँदासम्म पब्लिक सेयरमा रुपान्तरण गर्न नपाइने व्यवस्था ल्याउनुपर्ने, नेप्से ३० इण्डेक्समा आधारित नयाँ लगानीको औजार प्रवर्धन गर्नुपर्ने, ब्रोकरबाट प्रवाह हुने शेयर मार्जिन कर्जा तत्काल सुचारु हुनुपर्ने लगाएताका २८ बुँदे माग बोर्ड समक्ष बुझाउने भएका हुन ।

नेपाल धितोपत्र बोर्डमा कर्मचारीकाे आन्दोलन अझै टुङ्गो लागेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको माग  तत्काल सुनुवाई हुने बिषयमा अन्याैल देखिन्छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।