गत शनिबार सियरा विद्युतीय संस्करणको परिक्षण गरिएको हो । टाटा सियरा इभी आउँदो २५ नोभेम्बर, २०२५ मा भारतमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

टाटा सियरा सुरुमा पेट्रोल र डिजेल इन्जिनमा मात्र उपलब्ध हुने निर्माता कम्पनीले जनाएको छ । नयाँ १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो मोटर हुने अपेक्षा गरिएको छ । सियरा इभी भने सन् २०२६ को सुरुमा लन्च हुनेछ । यसका पावरट्रेनहरु ह्यारिएर इभीबाट नै प्राप्त हुने कम्पनीले जनाएको छ ।
टाटाले नयाँ सियरलाई ट्रिपल स्किन सेटअप, भेन्टिलेटेड फ्रन्ड सिटहरु, प्यानोरामिक सनरुफ, ४–स्पोक स्टेयरिङ ह्रिवल, एम्बियन्ट लाइटिङ, वायरलेस फोन चार्जरलगायतका विभिन्न सुविधाहरु समावेश गरेको छ ।