माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Nov 07, 2025 10:50 AM Merolagani



माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।