लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM Merolagani



आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।

आगामी जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गर्दै सूचना जारी गरिसकेको छ ।

जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । त्यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते पनि आइतबार बिदा हुने हुँदा यो महिना लगातार चार दिन बिदा हुने भएको हो ।

चार दिन बिदा हुँदा सरकारी कर्मचारीलाई भने राहत हुने देखिएको छ । 




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।