राष्ट्र बैंकले कुमारी र प्राइम बैंकलाई गरायो सचेत

Nov 10, 2025 02:17 PM MeroLagani



नेपाल राष्ट्र बैंकले दुई वटा बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार कार्य नगरेको जनाउँदै केन्द्रीय बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको हो।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकले कालोसूचीमा रहेको कम्पनीले बैकिङ कारोबार गर्न नपाउने निर्देशन पालना नगरेको तथा प्राइम कमर्सियल बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गिकरण नगरेकाले सचेत गराएको हो ।