दिल्लीमा लाल किल्ला नजिकै विस्फोटन, कम्तिमा १० जनाको मृत्यु, दर्जनौं घाइते

Nov 10, 2025 10:05 PM mero lagani



भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै भएको कार विस्फोटनमा परि कम्तिमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घटनापछि भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ । 

भारतीय समयअनुसार साँझ ६.५५ फोन गरेर लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक कार विस्फोटन भएको भनिएको थियो।
त्यसपछि छ वटा गाडीमा आगो लागेको थियो । त्यसबाहेक रोकिएका केही गाडीहरूमा पनि क्षति पुगेको थियो।
विस्फोटको कारणबारे जाँच भइरहेको प्रहरीले बताएको छ। भिडिओहरूमा जलेका गाडीबाट धुवाँ निस्किरहेको देखिन्छ।
प्रहरीले अहिलेसम्म के कारणले विस्फोटन भयो आफूले थाहा पाइनसकेको उल्लेख गरेका छन्।
भिडिओहरूमा जलिरहेका सवारीसाधनबाट धुवाँको मुस्लो निस्केको देख्न सकिन्छ। अझै पनि थप विवरणहरू आइरहेका छन्।

यसअघि भारतीय प्रहरीले नयाँ दिल्लीको फरिदाबाद नजिकैको एउटा अपार्ट्मेन्टबाट ठूलो परिमाणमा विस्फोटक सामाग्री र हतियारहरू फेला पारेको थियो।
अधिकारीहरूले ३०० किलोग्रामभन्दा बढी विस्फोटक सामाग्री, एउटा एके ४७ राइफल र गोलीगठ्ठा बरामद भएको उल्लेख गरेका छन्।


उक्त अपार्ट्मेन्ट भाडामा लिएका जम्मु कश्मीरका एक जना चिकित्सक पक्राउ परेका छन्।
प्रहरीले ती चिकित्सक पाकिस्तानमा आधारित जेस ए मोहम्मद समूहसँग सम्बन्धित पोस्टरहरू टाँसेको आरोपमा खोजीमा राखिएको उल्लेख गरेको छ।
जेस ए मोहम्मदलाई भारतमा आतङ्कवादी सङ्गठनको सूचीमा राखिएको छ।