सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

Nov 12, 2025 11:46 AM Merolagani



सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी छैनन् । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी छन् ।

 

प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।