घोराही सिमेन्टले पनि तिर्यो महशुल बक्यौताबापतको पहिलो किस्ता, उद्योगमा जोडियो लाइन

Nov 12, 2025 02:32 PM merolagani



घोराही सिमेन्टले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, घोराही सिमेन्टले पहिलो किस्ताबापत १ करोड ८१ लाख रुपैयाँ रकम भुक्तानी गरेको हो ।

 

 

प्राधिकरणका अनुसार, सो उद्योगले ५० करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । तोकिएको अवधिमा महशुल नबुझाएपछि प्राधिकरणले उक्त उद्योगमा लाइन काटेको थियो । महशुलबापतको पहिलो किस्ता बुझाएसँगै उद्योगमा लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।