सुन र चाँदी दुबैको मूल्य घट्यो

Nov 14, 2025 10:55 AM Merolagani



कात्तिक २८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी तोलामा ६० रुपैयाँ घटेकाे छ । आज शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।