सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nov 07, 2025 11:27 AM Merolagani



कात्तिक २१ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेकाे हो ।

त्यस्तै, यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेको छ । आज शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।