सोनापुर मिनरल्सको बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Nov 16, 2025 06:56 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा पुगेको छ।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशत र कुल नाफा ७८८.९१ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५८.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।