
अब भने त्यस्तो कार्यका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अनुमति दिने व्यवस्था गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बताए ।
पुनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुरा बताएका हुन् । ‘नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरेका थिए,’ उनले लेखेका छन् ।
उनले अनेकौं नियम कानुन देखाएर कसैलाई पनि अनुमति नदिएको अवस्थामा यो सरकारले त्यस्तो अनुमति दिने व्यवस्था गरेको बताए । ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ,’ उनले भने ।