बञ्चरेडाडाँका स्थानीयले फर्काइदिए फोहोर बोकेका गाडी

Nov 19, 2025 03:43 PM merolagani



सरकारले गरेको सहमति पूरा नगरेको भन्दै बञ्चरेडाडाँ क्षेत्रका स्थानीयले बुधबार फोहोर बोकेर पुगेका गाडीहरु फर्काइदिएका छन् । 

नुवाकोटको ककनी र धादिङको धुनबँसीस्थित बञ्चरेडाँडाका बासिन्दाले विगतमा सरकारसँग भएका सहमति र माग पूरा नभएसम्म फोहोर बिसर्जन रोक्ने भन्दै फोहोर बोकेका गाडी काठमाडौं फिर्ता पठाएका हुन् ।

यसअघि पनि कात्तिक दोस्रो साता त्यहाँका स्थानीयले फोहोर बिसर्जन रोकेका थिए । पछि, गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजान गरेको प्रतिबद्धता जनाएपछि अवरोध हटेको थियो ।

त्यतिबेला १५ दिनभित्र मागअनुसार कार्य सुरू गर्ने सहमति भएको थियाे । उक्त सहमति अहिले पनि पूरा नभएको भन्दै त्यहाँका स्थानीयले पुनः फोहर विसर्जनमा अवरोध गरेका हुन् ।