यो सरकारको अस्तित्वमाथि नै निरन्तर प्रश्न उठाउंदै आएको नेकपा एमालेले देशभर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसैक्रममा बुधबार बाराको जितपुर सिमरामा जनप्रदर्शनसहित आमसभा गर्ने र त्यसलाई महासचिव शंकर पोख्रेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतले सम्वोधन गर्ने भन्दै एमालेले कार्यक्रमको प्रचार प्रसार गरेको थियो । कार्यक्रम शुरु हुने तयारी गर्दै जेनजीका प्रतिनिधिहरु एमाले कार्यकर्ताहरुको भिडन्तले कफ्र्यु नै लगाउनु पर्ने अवस्था सृजना भएको छ ।
पोख्रेल र बस्नेतलाई बारा प्रवेश गर्न नदिने भन्दै जेनजी उमेर समुहका केही व्यक्तिहरु उत्तेजक नारा लगाउदै सिमारा विमानस्थलमा प्रवेश गर्न खोजेपछि विबहान करिब १० बजेतिरबाट भिडन्तको अवस्था शुरु भएको थियो । त्यस लगत्तै दुई पक्षबीच भिडन्तको अवस्था सृजना नहोस भनेर
कर्फ्यू लगाइको र त्यसबाट धनजनको क्षति हुन नपाएको जिल्ला प्रशासन कार्यालय बाराले उल्लेख गरेको छ ।
प्रदेश सभा गठनको विषयमा उत्पन्न विवादले केही समयदेखि राजनीतिकरुपमा अशान्त रहँदै आएको मधेश प्रदेशमा बुधबारको घटनापछि थप अशान्त हुनसक्ने देखिएको छ । भिडन्तको शुरुवात कसरी भयो भन्ने बारेमा एमाले र जेनजी समुहहरुले एक अर्कालाई दोष लगाइरहेका छन् र आफूलाई निर्दाेष देखाइरहेका छन् । यो घटना जस्को कारण भए पनि, जो दोषि भए पनि त्यसले निर्वाचनको माहौललाई विथोलेको र अब थप भिडन्तहरु निम्तन सक्ने चिन्ता गर्न थालिएको छ । यस्ले निर्वाचन प्रचार प्रसारको दौरान राजनीतिक पार्टीहरु र तिनका नेताहरुको सुरक्षा तथा मत माग्न पाउने अधिकारलाई पनि कुण्ठित गर्ने त होइन ? भन्ने गम्भिर आशंका पैदा गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मादेखि वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यलगायतकाहरुले समेत बारामा एमालेको कार्यक्रम विथोलिनुलाई गम्भिर घटना भएको बताएका छन् । उनीहरुले कार्यक्रम गर्न पाउने र सरकारको आलोचना गर्दै आफ्ना भनाईहरु राख्न पाउने अधिकारलाईसमेत कुण्ठित गर्नुले निर्वाचनको वातावरण नबन्ने बरु विथोलिने चिन्ता व्यक्त गरेका छन् ।
एकातिर जेनजीका अगुवा भनिएका कैयौं व्यक्तिहरुले कांग्रेस एमालेलगायतका पार्टीका नेताहरुप्रति अत्यन्त कडा अभिव्यक्ति दिंदै आउनु, बारामा जेनजीको तर्फबाट एमालेको कार्यक्रम विथोलिने अवस्था सृजना हुनु, सरकारको विरोधमा आन्दोलन गर्ने तयारी गरेको र प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतका व्यक्तिहरुमाथि आरोप लगाएकै आरोपमा मध्यरातमा दुर्गा प्रसाई पक्राउ गरिनु लगायतका घटनाहरुले सरकार चुनाव गराउन गम्भिर छैन भन्ने आरोप लगाउनेहरुलाई नै बल पुर्याएको छ ।